सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले सकरारले सरकारी सेवामा करारमा कार्यरत श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताउनुभएको छ । बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताउँदै उनीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बतउनु भयो । प्रधानमन्त्री सामाजिक सुरक्षा कोषमा आवद्धताको संस्कार बसाल्न कानूनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने बताउनु भयो । उहाँले कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नरहेको बताउनु भयो । उहाँले रोजगारीका लागि विदेश गएका युवाहरुलाई दुःख दिने दिन गएको दाबी गर्नुभयो । उहाँले सरकारले विदेश जानेहरुलाई तालिम दिइ दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यको खोजि गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै श्रम सम्झौता गर्न बाँकी देशसँग सम्झौता गर्ने र भएका देशहरुसँगको सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अघि बढाउने बताउनु भयो । प्रधानमन्त्री दाहालले आगामी दिनमा थप जनमुखी र श्रमीकमैत्री सेवा प्रवाह गरी युवाहरुले दुःख पाउने कुराबाट मुक्ति दिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री दाहालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ५ वर्षे रणनीति योजनाको पूणर् कार्यान्वयनमा सरकारको सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

Spread the love