सान नेपाल असोज महिनाको उत्कृष्ट मेनपावर

काठमाडौं । सान नेपाल प्रा.लि. असोज महिनाको उत्कृष्ट मेनपावर हुन सफल भएकोे छ । वैदेशिक रोजगार विभागले प्रकाशन गरेको रिपोर्ट अनुसार सान नेपालले २०८१ असोज महिनामा अरु म्यानपावरभन्दा बढी कामदारहरू विदेश पठाएर उत्कृष्ट म्यानपावर हुन सफल भएको हो । सान नेपालले असोज महिनामा मात्र ५७७ जनाको अन्तिम श्रम स्वीकृति लिएको श्रम तथा रोजगार विभागले जनाएको छ । जसमा पुरुषको संख्या ५७७ र महिलाको संख्या शुन्य रहेको छ गत भदौ महिनामा सान नेपालले ४२१ जना कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति लिएको थियो ।
असोज महिनामा मात्र कुल २४,३३१ जना कामदार वैदेशिक रोजगारमा गएको श्रम तथा रोजगार विभागले जनाएको छ । तीमध्ये पुरुषको संख्या २१,८९१ र महिलाको संख्या २५०० जना रहेको विभागले जनाएको छ ।

Spread the love