वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन चैत्र २९ गते हुने

 

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन चैत २९ हुने भएको छ । मंगलबार बसेको संघ कार्यसमितिकोे बैठकले निर्वाचन मिति तोकेको हो । गत फागुन २ गते गर्ने भनिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन संघ कार्यसमितिको बैठकले स्थगित गरी असार १७ गर्ने प्रस्ताव गरेको थियो । संघले सयको सिन्डिकेट हटाउने, सेवाशुल्क परिमार्जन गर्ने, संसदमा विधेयक अगाडि बढाउन पहल गर्ने लगायतका विभिन्न सवाल उठाउदै वर्तमान कार्यसमितिले नै पहल गर्न सहज हुने कारण देखाउँदै निर्वाचन स्थगित गरेको थियो ।
आवधिक निर्वाचन स्थगगित गरिएको विरोधमा लोकतान्त्रिक एसोसिएसन सहित नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संघ नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति, नेपाल वैदेशिक रोजगार तमुधी समाज, नेपाल वैदेशिक रोजगार तामाङ समाज, तराई वैदेशिक रोजगार व्यवसायी समाज, नेपाल वैदेशिक रोजगार व्यवसायी मगर समाजल गायतका पेसागत संघ संस्थाहरुले विरोध जनाएका थिए । उनीहरुले विरोध सभा, हस्ताक्षर गर्नुका साथै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी समक्ष ज्ञापनपत्र प्रस्तुत गरेका थिए ।

Spread the love