शहीदको सम्मानका लागि देश विकासको संकल्प गरौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको छ । सोमवार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताउनु भयो । उहाँले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने बताउनु भयो । उहाँले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरु प्रेरणाको श्रोत भएको बताउनु भयो । उहाँले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सिमित नभइ शहीदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताउनु भयो । आजको दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले आज माघ १६ गते शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण समेत गर्नुभयो ।

Spread the love