शुक्रबार थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

माघ ७,काठमाडौं । शुक्रबार थप १० हजार ७०३  जनामा कोरोना संक्रमण पुष्टि  भएको छ ।

पीसीआर ८ हजार ८१५  र एन्टिजेन १ हजार ८८८  गरी १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि  भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ३ जनाको मृत्यु भएको र ७ सय ६६ जना कोरोना भाइरस संक्रमणमुक्त भएको जनाएको छ । कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ ।

Spread the love