काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रमसँग सम्बन्धित अनलाइन सेवाले रोजगारीका अवसर छैन भन्ने भाष्य हटाउने बताएका छन् ।
‘श्रम संसार’पोर्टलले मुलुकमा सम्भावना छैन, रोजगारीका अवसर छैनन् भन्ने भाष्य हटाउने बताएका हुन् ।
बिहीवार सिंहदरवारमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित ‘श्रम संसार’पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले गलत भाष्यलाई चिर्न श्रम संसार पोर्टले सजिलो बनाउने बताएका हुन् ।
उनले आन्तरिक रोजगारी दशकमा सरकारले देशमा दक्ष जनशक्क्ति तयार गरेर बाहिरबाट आएका मानिसलाई विस्थापित गर्दै जाने पनि बताए ।