लोकतान्त्रिक एसोसिएसनको वनभोज कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।एसोसिएसनले विहीबार काठमाडौँ उपत्यकाकै सुन्दर रमणीय स्थल ललितपुरको गोदावरीमा वनभोज कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ, कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी, वैदेशिक रोजगार व्यवसायी महिला संघकी अध्यक्ष प्रतिमा महर्जन, एसोसिएशनका संस्थापक अध्यक्ष तिलक रानाभाट, संघका पूर्वअध्यक्ष हंशराज वाग्ले,वरिष्ठ व्यवसायी नवराज केसी लगायत व्यवसायीहरुको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रम नाचगान सहितको सांगीतिक माहोल तथा सास्कृतिक कार्यक्रम साथ सम्पन्न भएको थियो । वनभोज कार्यक्रमले व्यवसायीबीच आपसी एकता भाइचाराको सम्बन्ध अझ सुदृढ भएको एसोसिएसनका अध्यक्ष दीपक थापाले बताए ।


कार्यक्रममा मनोरञ्जनका साथै पेसागत हितका सवालमा पनि चर्चा परिचर्चा भएको थियो । कार्यक्रममा ललितपुर व्यवसायी समाजका अध्यक्ष नवराज केसीले आफू सिन्डिकेटको पक्षमा कहिल्यै नरहेको र सबै व्यवसायीले स्वतन्त्र रूपमा काम गर्न पाउने पक्षमा सधैं उभिने धारण व्यक्त गरे ।
कार्यक्रमका संयोजक एसोसिएसनका द्वितीय उपाध्यक्ष रामप्रसाद गैरेले लोकतान्त्रिक एसोसिएसनको निमन्त्रणा स्वीकार गरी सहभागी भएकोमा उपस्थित सम्पूर्ण व्यवसायीहरु प्रतिधन्यवाद दिदैे व्यवसायीलाई तनावमुक्त भइ सिर्जनात्मक कार्यमा अग्रसर हुन शुभकामना व्यक्त गरेका थिए ।

 

Spread the love