संगीतमार्फत् पर्यटन प्रवद्र्धन गर्ने तयारी

नेपाली ख्याती प्राप्त म्युजिक ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) बीच सांगितिक कार्यक्रमका विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा मंगलबार सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गीत/संगीत पर्यटन प्रवद्र्धनको लागि शशक्त माध्यम भएको उल्लेख गर्दै सुरसुधा र (पीएफसीएफ)ले गरेका कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । ‘अहिले नेपालमा करिब ९० प्रतिशतले कोरोना विरुद्धको खोप लिइसकेको अवस्था छ । नेपाल पर्यटनका लागि पुनः खुला भएकाले अब पर्यटकीय गतिविधी चलायमान हुने अपेक्षा गरेका छौं’-उहाँले भन्नु भयो ।
यस्तै सुरसुधाका संस्थापक सुरेन्द्र श्रेष्ठले (पीएफसीएफ)ले विश्वभरका कलाकारहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै विश्व शान्तिको सन्देश दिने गरेको बताउनुभयो । उहाँले संगीतको माध्यमबाट विश्वभर नेपाली पर्यटन प्रवद्र्धन गर्न सकिने समेत बताउनु भयो ।
प्रख्यात नेपाली ब्याण्ड सुरसुधाले सन २००९ देखि प्लेईङ फर चेन्ज फाउण्डेशनसँगको सहकार्यमा नेपाली संगीतलाई विश्वमाझ पुर्‍याउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यी दुबै ब्याण्डको सहकार्यमा नेपाल तथा विश्वभर विभिन्न कार्यक्रमहरु समेत आयोजना हुनेछन् । (पीएफसीएफ)ले सन् २००७ मा ४ महादेशको १४ देश तथा ५० स्थानहरुमा यस प्रकारका कार्यक्रम आयोजना गरेको थियो । यो समूहको विश्वभर २ अर्ब (२ विलियन) बढि फलोअर रहेका छन् । संगीतका माध्यमबाट विश्वबन्धुत्व, चाइचारा, आपसी सहकार्य र जनचेतना अभिवृद्धिका विभिन्न काम गर्न सकिने धारणा राख्ने यो समूह (पीएफसीएफ) ले नेपालमा विभिन्न ६ स्थानमा करिब ४ हजार समुदायहरुका बीच मानव वेचखिनविरुद्ध तथा हिला शसक्तिकरणका लागि संयुक्त राष्ट्रसंघ संघको सहकार्यमा (पीएफसीएफ) र नेपाली संगितकारहरुका सांगितिक भिडियोहरु ओलम्पिक गेममा समेत प्रस्तुत गरिएका छन् । यस्तै यो समुहले सांगितिक क्षेत्रमा नोवल पुस्कार भनेर चिनिले पोलर म्युजिक अवार्ड समेत प्राप्त गरेको छ ।

Spread the love