काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले संघको भवन खरिदमा आर्थिक सहयोग गर्ने व्यवसायीहरुलार्ई सम्मान गरेको छ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले संघको वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिबाट व्यवसायीहरुलाइ सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो । केही अघि मात्र संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा संघका पूर्व अध्यक्ष, बैदेशिक रोजगार व्यवसायी संबद्ध विभिन्न व्यवसायिक संघ संस्थाहरुको सकृयतामा करिव ४ करोड ५० लाख रकम संकलन गरी नेपाल बैदेशिक रोजगार व्यवसायी संघले भवन खरिद गरेको थियो । अब नयाँ निर्वाचित नेतृत्वले आफ्रनै भवनबाट प्रशासनिक ार्य संचालन गर्ने छ ।




