काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई ध्यानाकर्षण गराएको छ ।बिहीबार संघका अध्यक्ष भुवन सिंह गुरुङ लगायतका पदाधिकारी तथा सदस्यहरुले वैदेशिक रोजगार विभाग पुगी नवनियुक्त महानिर्देशक भट्टराईलाई भेटी कार्यकाल सफलताको शुभकामना सहित ध्यानाकर्षण गराएको हो ।
संघले फेमिसमा देखिएको समस्या समाधान गरिनुपर्ने, उजुरीका सम्बन्धमा म्यानपावर संचालकलाई सूचीत नगराइ धरौटी कट्टा गर्ने कार्य तत्कालै रोकी सौहार्दपूर्ण वातावरणमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने, इजाजतपत्र वाला संस्थाका विरुद्धमा उजुरी दर्ता गर्नुअघि अनिवार्य रूपमा मेलमिलाप प्रक्रियालाई अघि बढाइनुपर्ने लगायतका सम्बन्धमा ध्यानाकर्षण गराएको संघका अध्यक्ष भुवन सिंह गुरुङले बताए।
महानिर्देशक भट्टराईबाट वैदेशिक रोजगार प्रशासनमा रहेका प्राविधिक, प्रशासनिक तथा नीतिगत समस्या समाधानका लागि पहल गर्ने आश्वासन पाएको अध्यक्ष गुरुङले जानकारी दिए।