वैदेशिक रोजगार विभागमा नयाँ नेतृत्व नयाँ तरिका

 

काठमाडौँ । वैदेशिक रोजगार विभागको नयाँ नेतृत्वले विभागको कार्यशैलीमा सुधारको प्रयास गरेको पाइएको छ । वैदेशिक रोजगार विभागमा नयाँ नेतृत्व आएपछि सुधारका कार्यहरु अगाडि बढाएको पाइएको हो । हालै विभागमा कमल भटराई महानिर्देशक भएर आएपछि सुधारका कार्यहरु सुरु गरेका हुन् । पहिलो चरणमा विभागमा भएका अव्यवस्थित कागजातहरुको व्यवस्थापन गर्न सुरु गरिएको पाईएको छ ।
विभागमा रहेका फाइल तथा कागजातहरु यत्रतत्र छरिएर रहेको र अनधिकृत व्यक्तिहरुले पनि सहजै पहुँच पुर्याउने भएकोले अनधिकृत व्यक्तिको पहुँचबाट टाढा राख्न कागजातहरुको व्यवस्थापन गर्न सुरु भएको विभागले जनाएको छ । यसबाट सेवा ग्राहीहरुको सेवा सहजतामा वृद्धि हुने अपेक्षा विभागले गरेको छ ।
विभागमा अत्याधिक भिडभाडका कारण विचौलियाहरुको चलखेल रोक्न र सेवा ग्राहीहरुको सेवा सुनिश्चितता गर्न सुधारका कार्यहरु गर्न लागिएको वैदेशिक रोजगार विभाग श्रोतले बताएको छ ।


महानिर्देशक कमल भटराई पदमा बहाली भएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च लगायतका संघ संस्थाले महानिर्देशक भटराईलाई भेटी वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, कार्यालयमा व्यवस्थापकीय तथा नीतिगत सुधारका कार्यहरु गर्न सुभाव दिएका थिए । महानिर्देशक कमल भटराई यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा महानिर्देशकका रुपमा रहेर कार्य गरिसकेका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन् ।

 

Spread the love