काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गरेका हुन् ।
साथै उनले कृषि, शिक्षा र पूर्वाधार क्षेत्रमा जसरी आउनुपर्ने हो, त्यसरी कार्यक्रम नआएको बताए ।उनले अर्थतन्त्र चलायमान बनाउन सडक, सिंचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्ने त्यो हुन नसकेको बताए ।
उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन सडक, सिंचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्ने थियो त्यो हुन सकेन ।स्वास्थ्य क्षेत्रमा पनि जुन रुपमा जानुपर्ने हो त्यो व्यवहारमा जान समस्या हुन्छ। योभन्दा एक कदम अघी बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।’