सरकारको नीति परम्परागत र निराशाजनक : पूर्व अर्थमन्त्री पुन

काठमाडौं । नेकपामा ओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्य विहीन जस्तो लागेको बताएका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताएका हुन् ।
साथै उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छलेर आफू अनूकुलको योजना राख्न खोजेको बताए ।
उनले भने, ‘संसदलाई छलेर कार्यक्रम आफू खुसी गर्न खोजे जस्तो देखिन्छ ।बजेट पनि यस्तै निरस,अमूर्त र गन्तव्यहीन आउने संकेत देखिएको छ,यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पु¥याउन सक्दैन।’

Spread the love