काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारको नीति र कार्यक्रम स्वागत योग्य रहेको जनाएको छ । आइतबार काठमाडौँ स्थित संघको कार्यालयमा ताजा अपडेट डट कम संगको संवादमा अध्यक्ष भुवन सिंह गुरुङले उक्त धारणा व्यक्त गरेका हुन् ।वैदेशिक रोजगार व्यवसायी संघले १०० संख्याको प्रावधान हटाउने,सेवा शुल्क व्यवस्थापन गर्ने, सिन्डिकेटको अन्त्य लगायतका सवालहरूमा वैदेशिक रोजगार ऐन २०६४ को संशोधन गरिनुपर्ने आवाज उठाउँदै आएको थियो ।
अध्यक्ष गुरुङले भने “सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित तथा व्यवस्थित बनाउन नीति कानुन र कार्यविधि संशोधन र तर्जुमा गरिने,अन्तर्राष्ट्रिय श्रम बजारमा माग अनुसारको उपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिने जस्ता कुराहरु समेटिनुले समग्र व्यवसायीहरूमा आशा पलाएको छ ।”
नीति र कार्यक्रम संबोधन गरिएका बुदाहरु कार्यान्वयन हुने कुरामा आफूहरू विश्वस्त रहेको अध्यक्ष गुरुङले बताए।