सरकारी अस्पताललाई थप गुणस्तरीय बनाइने : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

साउन ११, काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालहरुलाई थप गुणस्तरीय बनाउने बताएका छन् ।
सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पताल पनि उति नै महत्व भएकोले गुणस्तर सुधार गर्ने बताए ।

उनले नीजि क्षेत्रका सबै अस्पताल आफूले विशुद्ध सेवाभावले हस्पिटल चलाउन खोजेको उल्लेख गरे । उनले आफूले खोलेको हस्पिटलमा समितिका सांसदहरुलाई भ्रमण गराउने पनि उल्लेख गरे । उनले सरकारको अहिलेको दायित्व जसरी भएपनि कोभिड विरुद्धको खोप ल्याउनुपर्ने बताउँदै त्यसका लागि विश्व बैंकबाट अनुदान लिएर भएपनि ल्याउनुपर्ने अवस्था रहेको बताए ।

किनेर हुन्छ कि अनुदानमा हुन्छ चाँडोभन्दा चाँडो खोप ल्याउनुपर्ने अवस्था रहेको उनको भनाई थियो । उनले फ्रन्टलाइनमा खटिनेहरूलाई सरकारले पहिलो प्राथमिकतामा राखेर खोप दिने बताए । आफूले मन्त्रालय सम्हालेको केही दिन मात्र भएकोले पूर्वमन्त्रीहरू, सांसदहरु, सरोकारवाला पक्षको सुझावका आधारमा कोरोना रोकथामका लागि कसरी चुस्त दुरुस्त ढंगले काम गर्न सकिन्छ सोही आधारमा काम गर्ने जानकारी गराए ।

छलफलमा सांसदहरुले कोरोनाको तेश्रो लहर आउन लागेकोले सरकारले सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेका थिए । उनले मिडियामा उनले निजी चेन अस्पताल बनाएको समाचार प्रकाशन भएको विषयमा स्पष्टीकरण दिएका छन् । आफूले सरकारीभन्दा राम्रो सेवा र सबैभन्दा कम शुल्कको अस्पताल बनाइरहेको दावी गरेका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिको पूर्व सदस्य समेत रहेका श्रेष्ठले कोरोनाको दोश्रो वेभ आएपछि आफ्नो मानसिकता नै परिवर्तन भएर नाफा नलिने सर्तमा सरकारीभन्दा कम शूल्क लिनेगरी अस्पताल सञ्चालन गर्न लागेको दावी गरे । उनले भने– ‘मिडियामा मेरोबारे धेरै कुरा आएको छ तर मैले नाफा नलिनेगरी सेवामूलक भावनाले काम गर्न लागेको हुँ ।

अब कोरोनाको तेश्रो लहर पनि आउनसक्छ, सरकारले पनि गर्न चाहेको हो तर नसक्ने भएपछि सक्नेले सेवामुलक भावनाले हस्पिटल खोल्नुपर्छ भन्ने मान्यताले मेलै सकेको केही हस्पिटल खोलेको हुँ । त्यो हस्पिटलमा सरकारीभन्दा सेवा बढी होस तर पैसा कम होस । निजी भएपनि सबैभन्दा सस्तो हस्पिटल खोलेको म मिडिया र संसदीय समितिका साथीहरुलाई जानकारी गराउन चाहन्छु ।’

Spread the love