सार्वजनिक विद्यालय अनुगमनको काम सुरु

मङ्सिर १५,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ ।

मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा उहाँले कक्षा कोठामा भईरहेको शिक्षण सिकाईका बारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नु भयो । मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले ती विद्यालयहरुको अनुगमनको काम सुरु गरेको जानकारी दिनु भयो । उहाँले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिएको बताउनु भयो । मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाई प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न पनि शिक्षकहरुलाई आग्रह गर्नु भयो ।

त्यस अवसरमा संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउँदै त्यसको व्यवस्था मिलाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराउनु भएको थियो । यता मन्त्री पौडेलले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

Spread the love