सिन्डिकेट विरुद्ध खबरदारी तथा विरोध कार्यक्रम

 

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सिन्डिकेट विरुद्ध खबरदारी गरेको छ। मंगलबार काठमाडौंको अनुपम फुडल्याण्डमा संघले खबरदारी तथा विरोध कार्यक्रम गरी सिन्डिकेटको विरोध जनाएको हो ।
विगत १ वर्ष देखि बन्द रहेको मलेसियामा कामदार पठाउन सुरु हुन लागेको सन्दर्भमा सिन्डिकेट हुन लागेको चर्चा चलेपछि विरोध कार्यक्रम गरेको संघले जनाएको छ ‌।
सिन्डिकेट विरुद्धको कार्यक्रममा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावल, लोकतान्त्रिक एसोसिएसनका का उपाध्यक्ष विनोद गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाले जैसी, तराई मधेस व्यवसायी संघका अख्तर हुसेन, संघका पुर्व अध्यक्षहरु एल पी सांवा लिम्बू, प्रेम कटुवाल, राजेन्द्र भण्डारी लगायतविभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र व्यवसायीहरुको उपस्थिति भएको थियो।
कार्यक्रममा संघका अध्यक्ष भुवन सिंह गुरुङले जुनसुकै अवस्थामा पनि सिन्डिकेट लागुहुन नदिने, आवस्यक परेमा सिन्डिकेटधारीहरुलाई भौतिक कारवाही समेत गर्न पछि नपर्ने धारणा व्यक्त गरे ।

Spread the love