सुनको मुल्य बढ्यो ,चाँदीको मुल्य घट्यो

साउन ५ ,काठमाण्डौ । मङ्गलवार  सुनको मुल्यमा ४ सयले वृद्दि भएको छ ।सोमवार प्रतितोला ९२ हजार ८ सयमा कारोवार भएको सुनको मुल्य मङ्गलवार प्रतितोला ९३ हजार २ सयमा कारोवार भइरहेको छ ।मङ्गलवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ७ सयमा कारोवार भइरहेको छ ।

मङ्गलवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । सोमवार प्रतितोला १ हजार २ सय ९० रुपैयामा कारोवार भएको चाँदीको मुल्य मङ्गलवार प्रतितोला १ हजार २ सय ८० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love