सुनको मुल्य स्थिर

असार २१ ,काठमाण्डौ ।सोमवार सुनको मुल्य स्थिर रहेको छ । आइतवार  प्रतितोला ९१ हजार ५ सयमा कारोवार भएको छापावाला सुनको मुल्य सोमवार पनि प्रतितोला ९१ हजार ५ सयमा कारोवार भइरहेको छ । सोमवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजारमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आइतवार  प्रतितोला १ हजार ३ सय २५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार पनि प्रतितोला १ हजार ३ सय २५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love