सुनको मुल्य ४ सय रुपयाँले बृद्धि

असार २३, काठमाडौं । बजारहरु खुलेसंगै सुनको मूल्य बढ्न थालेको छ । बुधबार सुनको मुल्य प्रतितोलामा ४ सय रुपयाँले बृद्धि भएको हो । बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार ३०० रुपयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपयाँमा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला ४०० रुपयाँले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य भने घटेको छ । मंगलवार प्रतितोला १ हजार ३३० रुपयाँमा कारोबार भएको चाँदी बुधवार १० ले घटेर १ हजार ३२० रुपयाँमा खरीदविक्री भइरहेको छ । बजारहरु खुलेपछि गहनाहरुको खरिदबिक्री बढ्न थालेको छ ।

 

Spread the love