सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाले सस्तिएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँकारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुन पनि २०० रुपैयाले ओरालो लागेर प्रतितोला ९७ हजार ५०० रुपैयामा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले ओरालो लागेको छ । आज चा“दिको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Spread the love