सोमबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ१३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८० रुपैयाँ ४२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ१९ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ१३ पैसा र बिक्रीदर चार रुपैयाँ१५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकिएको छ।

Spread the love