स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच आज प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ ।
दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । एनएसएरमा नयाँ टोली इलाम आजको खेलबाट लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।
आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी ललितपुर सिटी एफसीसँग २-० ले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १-० ले पराजित भएको थियो ।
यता पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले दोस्रो खेलमा झापा एफसीलाई हराए थियो ।
दुई खेलबाट ३ अंकसहित इलाम अंक तालिकाको छैटौं स्थानमा छ । लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुछारमा छ ।
खेल आइतबार साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

Spread the love