स्वतन्त्र उम्मेदवार बालेन्द्र साह २८ हजार २० मतसहित अग्रस्थान कायम

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार साह ले २८ हजार २० मतसहित अग्र स्थानमा हुनुहुन्छ । निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहनु भएको छ । उम्मेदवार स्थापितले हालसम्म १४ हजार ५४८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३ हजार ९९० मत प्रप्त गर्नुभएको छ ।

Spread the love