स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४३ हजार ८५० मतसहित अग्रस्थान कायम

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार साह ४३ हजार ८५० मतसहित अग्र स्थानमा हुनुहुन्छ भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत प्राप्त गरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्नुभएको छ ।
। उम्मेदवार स्थापितले २५ हजार ५९ मत प्राप्त गर्नुभएको छ ।

Spread the love