एन आई सी एशिया बैंकले व्यवसायीहरूलाई क्यु आर कोड दिने

एन आई सी एशिया बैंकले व्यवसायीहरूलाई क्यू आर कोड प्रदान गर्ने भएको छ । आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरुलाई घरमै पु¥याएर विक्री गरिरहेका व्यवसायीहरुलाई बैंकमा उपस्थित नै नभई इमेल मार्फत नै कोड प्रदान गर्ने भएको हो ।
धेरै समयको लकडाउनको कारण एन आई सी एशिया बैंकका ग्राहकहरूसग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको जनाएको छ । ग्राहकहरूले मोबाइल बैंकिड.को प्रयोग गरी क्यू आर कोड बाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुने बैंकले जनाएको छ ।
ग्राहकहरूले प्रतिदिन रु १ लाख तथा प्रतिमहिना रु १० लाखसम्म कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

Spread the love