कोरोना भाइरसबाट अर्थतन्त्रमा परेको प्रभाव सम्वन्धमा २४ वुंदे सुझाव पेश

डा.युवराज खतिवडा समक्ष कोरोना भाइरसबाट अर्थतन्त्रमा परेको प्रभाव सम्वन्धम २४ वुंदे सुझाव प्रस्तुत गरेका छन् ।
अर्थ तथा संचार मन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण सहज तथा सुलभ तवरमा उपलब्ध गरी आपूर्ति व्यवस्थालाइ चुस्त बनाइ जिम्मेवारपूर्ण ढंगले भूमिका निर्वाह गरेकोेमा धन्यबाद दिदै यसलाइ निरन्तरता दिन आग्रह गरे ।
वैंक तथा बित्तीय संस्थाहरु अहिलेको परिस्थितिमा नाफामूखी हुने होइन । नगद प्रवाह लाइ सजिलो बनाउने, कर्जा लिने ग्राहकलाइ सांवा व्याज तिर्ने म्याद वढाउने तर्फ आवश्यक व्यवस्था गरिने बताइए ।
वाहिरबाट आएका श्रमिकहरुबाट आन्तरिक आर्थिक गतिबिधिमा सम्मिलित हुने भएकोले कृषि क्षेत्र गतिशील हुने र अर्को तर्फ इ बिजनेश, अनलाइन बिजनेश को प्रचुर प्रयोगले इलोक्ट्रोनिक कारोवार प्रयोग हुने गरेकाले केही फाइदा पनि भएको बताएका छन् ।
सरकारबाट प्रदान गरिएको राहत प्याकेज बिपन्न वर्गको लागि भएकोले त्यसैअनुसार उपयोग गरि दिन आग्रह गरेका छन् । अर्थतन्त्रमा कोरोना भाइरसबाट अर्थतन्त्रमा पुगेको क्षति अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलमा निजी क्षेत्रलाइ पनि समावेश गरी निजहरुको राय सुझावको आधारमा भावी कार्यक्रम तय गरिने अर्थमन्त्रीले बताएका छन् ।

Spread the love