काठमाडौँ । वैदेशिक रोजगार विभाग DOFE को अनुगमनमा अनियमितता भएको आरोप बढ्दैै गएको छ। वैदेशिक रोजगारीका लागि कामदार पठाउने अनुमति प्राप्त मेनपावर कम्पनीहरूको अनुगमन गर्ने नाममा विभागका केही कर्मचारी तथा निरीक्षकहरूले कार्य सम्पादन कमजोर गरेको गुनासो बढेको छ ।
मेनपावर व्यवसायीहरुका अनुसार, फिल्ड अनुगमनका क्रममा वास्तविक अवस्था बुझ्ने भन्दा पनि“ पैसाको लेनलेन गर्ने” चलन मौलाएको छ। अनुगमन गर्ने नाममा विभागका केही कर्मचारी तथा निरीक्षकहरूले रकम असुल गर्ने गरेको र रकम लिएर कार्यालयमा आउन पटक पटक दवाब दिने गरेको एक मेनपावर व्यवसायीले बताए ।
विभागले अनियमितता नियन्त्रण र पारदर्शिता सुनिश्चित गर्न भन्दै नियमित अनुगमन टोली खटाउने गरे पनि, कतिपय टोलीका सदस्यले केही प्रतिष्ठित भनाउदा मेनपावर कम्पनीसँग ‘सम्झौता’ गरेर प्रतिवेदनलाई हल्का पार्ने, वा कानुन उल्लङ्घनलाई सामान्य त्रुटीको रूपमा देखाउने गरेको आरोप लाग्ने गरेको छ । यस क्रममा अनुगमन पूर्व नै कम्पनीलाई सूचित गर्ने गरेको आरोप पनि छ।
अनुगमन नियमित र परिस्थिति जन्य हुन्छ । कुनै उजुरी वा मुद्धाको अवस्थामा अनुगमन परिस्थिति जन्य हो । अनुगमनलाई सकारात्मक रुपमा हेर्नुपर्छ तर नियमित अनुगमनका नाममा रकम असुल गर्ने कार्य सही र कानुन सम्मत नहुने नेपाल बैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष देव कुमार खोखाली बताउछन् । नियमित अनुगमनका क्रममा रकम लेनदेन हुने गरेको एदाकदा सुनिनमा आएको छ त्यसको भेरिफाइ गरिने छ । रकम असुल गर्ने र दवाव दिई रकम बुझाउन बाध्य पार्ने कार्य भएको भएत्यसको विरुद्धमा व्यवसायी एकजुट भई प्रतिवाद गर्ने उनले बताए ।