ठमेलका व्यवसायीलाई खोप

बैशाख १२ , काठमाडौँ । ठमेल क्षेत्रका व्यवसायीहरुले खोप लगाएपछि पर्यटन व्यवसायमा उर्जा मिल्ने बताएका छन् ।
ठमेल पर्यटन विकास परिषद्को आग्रहमा नेपाल सरकारले १० हजार खोप उपलब्ध गराएपछि व्यवसायी खुशि भएका हुन् । चीन सरकारले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप ठमेल क्षेत्रका व्यवसायीहरुले लगाएका हुन् ।

परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद समन्वय समितिका संयोजक भविश्वर शर्माले ठमेल क्षेत्रका सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरु मध्ये ९५ प्रतिशतले खोप लगाईसकेको बताउनुभयो । खोप लगाएपछि व्यवसाय गर्न सहज हुने शर्माले बताए ।

काठमाडौंको पर्यटनको केन्द्र मानिने ठमेल क्षेत्रका सबैले खोप लगाएको हुँदा ठमेल कोरोना संक्रमणको जोखिम रहित क्षेत्र भएको सन्देश दिन खोजेको परिषद्ले बताएको छ ।

Spread the love