नेपाल बायुसेवा निगममा कायापलट परिवर्तन, सही नेतृत्वको चौतर्फी प्रशंसा

बैशाख १४, काठमाडौं । सक्षम नेतृत्व भयो भने कुनै पनि संस्थाको प्रगति हुन धेरै समय लाग्दैन । यसको पछिल्लो उदाहरण बनेको छ, नेपाल बायुसेवा निगम । पछिल्लो पटक बायुसेवा निगमको चौतर्फी प्रशंसा हुन थालेको छ । यसको मुख्य कारण हो, सरकारले सही व्यक्तिको नेतृत्व छनौट गर्नु ।

सरकारले गत कात्तिक २ गते नेपाल बायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेललाई नियुक्ति गरेपछि कायापलट परिवर्तन आएको हो । पौडेल आएपछि निगमको व्यबस्थापनमा व्यापक सुधार आएको कार्यरत अन्य कर्मचारीहरु बताउँछन् ।

महाप्रबन्धकका रुपमा काम सम्हाले लगत्तै पौडेलले अघि बढाएका कर्मचारी\मानव संशाधनको संस्थगत एवं कार्यगत आचरणमा सुधारका लागि अनुशासनका आधारभुत नियमहरु पालना गराउने नीतिको परिणामले आज निगम अब्बल संस्था बन्न सफल भएको छ । कार्यालयमा अनुशासनदेखि कर्तव्यको पालना गर्ने र गराउने सम्बन्धमा पौडेलको भुमिका निकै उत्कृष्ट रहेको एक कर्मचारीले बताए ।

पौडेल आएपछि ३६ करोड भन्दा बढी मुल्य पर्ने छुटाई\लुकाइ राखेको बिमानको पार्टपुर्जा पत्ता लगाई लिलामको प्रक्रियामा गइसकेको छ । पार्टपुर्जा खोज्दै जाँदा स्पेनमा समेत भेटिएको छ । महाप्रबन्धक पौडेलले निगमको घाटा कम गर्दै नाफामा लैजान बनाएको योजनाको परिणाम हो, लुकाइएका पार्टपुर्जा फेला परेको प्रमाण । उनले निगममा ६२ बर्षमा पहिलो पटक एअरक्राफ्ट पर्फर्मेन्स मोनिटरिङको सुरुवात गरेका छन् । यसले निगमलाई नाफामा लानेछ ।

पौडलले सामान हुँदाहुँदै जथाभावी खरिद गर्ने प्रक्रियाको अन्त्यको थालनी गरेका छन् । एनएसी ओभरअल स्टोर मोनिटरिङ एण्ड म्यानेजमेन्ट प्लान निर्माणगरि कार्यान्वयनमा ल्याएपछि बार्षिक ४० करोड भन्दा बढी अस्तब्यस्त खरिदमा नियन्त्रण आएको निगमले जनायो ।

महाप्रबन्धक पौडेलले निगम सुधारका लागि कर्मचारी व्यबस्थापनलाई चुस्त बनाएका छन् । आँफै फिल्डमा खटिने, जुन कर्मचारी जे ड्युटी हो उसैलाई त्यसमा खटाउने र कामको उचित मुल्यांकन गर्न सफल भएका पौडेलले निगमलाई प्रगतिको मार्गमा लगेका छन् । अहिले उनको कामको तारिफ विभिन्न संचारमाध्यम र विभिन्न सरकारी अड्डाहरुमा हुन थालेको छ ।

Spread the love