बुधवार सुनको मुल्यमा ७ सयले गिरावट

बैशाख १५ , काठमाडौँ । बुधवार सुनको मुल्यमा ७ सयले गिरावट आएको छ । मंगलवार प्रतितोला ९१ हजार २ सयमा कारोवार  भएको सुनको मुल्य बुधवार  प्रतितोला ९० हजार ५ सयमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको प्रतितोला ९० हजारमा कारोवार भएको छ।

बुधवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ ।  मंगलवार  प्रतितोला १ हजार ३ सय १५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधवार  प्रतितोला १ हजार ३ सय ५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love