एन आइ सी एसिया बैकको प्रीपेड डलर कार्ड अव अनलाईन मार्फत आवेदन दिन सकिने

जेष्ठ १२,काठमाण्डौ ।एन आइ सी एसिया बैकले विभिन्न विदेशि अनलाईन माध्यमहरुबाट खरिद गरिने सामाग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रीपेड डलर र कार्ड अनलाईन बाटै आवेदन दिन सकिने सुविधा ल्याएको बैकले बताएको छ । यो सुविधा ग्राहकहरुले जुनसुकै स्थानबाट एव जुनसुकै समयमा आफ्नो मोबाइल ल्याप्टप वा कम्प्युटर प्रयोग गरी बैकको वेवसाइट तथा मोवाइल बैकिङ एपमा रहेको i Serve प्लेट मार्फत उपभोग गर्न सक्ने बैकले जनाएको छ । Visa Network मा आधारित हुने यस कार्ड मार्फत ग्राहकहरुले वार्षिक अधिकतम ५०० अमेरिकि डलर वरावरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुका मा भुक्तानी गर्न सकिने बैकले जनाएको छ ।

ग्राहक हरुले आफुलाई आवश्यक परेको डलर रकम न्युनतम २५ डलर देखि अधिकतम ५०० डलर बरावरको रकम कार्डमा लोड गर्न सक्ने र यस कार्डको सुविधा अझ बढी सुलभ बनाउनका निमित्त हाल शुल्क रु ३५० कायम गरेको बैकले जनाएको छ ।

Spread the love