सरकारले बृद्धभत्ता बढायो, अब मासिक ४ हजार

जेठ १५, काठमाडौं । सरकारले बृद्धभत्ता बढाएर ४ हजार पुर्याएको छ । आज अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्बजनिक गर्दे यस्तो बताएका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्रीले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।
यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ ।

सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरुलाई समेत सो योजनामा समेटिने सरकारको भनाई छ । सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

आज शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको जानकारी दिए ।

 

 

Spread the love