डा. जागेश्वर गौतमको सरुवा सदर, अन्यको रोकियो

साउन १९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको सरुवालाई मात्रै सदर गर्दै अन्यको सरुवा स्थगित गरिदिएका छन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मा समेत सम्हालिरहेका प्रधानमन्त्री देउवाले राज्यमन्त्री उमेश श्रेष्ठले गरेको स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीको सरुवा गर्ने निर्णय बुधबार स्थगित गर्न निर्देशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाको निर्देशनमा अन्य सरुवा हाललाई स्थगित गरिएपनि डा. जागेश्वर गौतमलाई प्रसुती तथा स्त्री रोग अस्पतालमा गरिएको सरुवालाई कायम राखिएको छ । यस्तै डा. गौतमको स्थानमा डा. भुपेन्द्र बस्नेतलाई निमित्त प्रमुख दिइएको छ ।

Spread the love