११ कम्पनीको साढे सात अर्ब भन्दा धेरै मूल्यको हकप्रद शेयर आउदैँ

११ कम्पनीको रु ७ अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको हकप्रद शेयर आउने भएको छ । ११ कम्पनीको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको  हो । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन्  । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ ।
यस्तै एनसिसि बैंकले २ अर्ब ३३ करोड ९५ लाखको २ करोड ३३ लाख ९५ हजार कित्ता शकप्रद शेयर बिक्री गर्न लागेको छ ।
बोर्डमा दिएको आवेदनअनुसार उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबर एक कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ ।
यस्तै एक बराबर एक कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीमा स्वदेशी लघुवित्तीय संस्था लिमिटेडले ११ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको छ
यस्तै माइक्रोफाइनान्स समूहकै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले दुई बराबर एक कित्ताको दरले हकप्रद शेयर बिक्री गर्ने तयारीका साथ बोर्डमा आवेदन दिएको छ  ।
नया नेपाल लघुवित्त वित्तीय संस्थाले ६ करोड बराबरको ६ लाख कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।
त्यसैगरी सटी एक्सप्रेस फाइनान्स कम्पनीले २५ करोड बराबरको २५ लाख कित्ता हकप्रद शेयर बिक्री गर्ने  तयारी गरेको छ ।
बीमा समूहको आइएमइ जनरल इन्स्योरेन्सले दश बराबर आठ कित्ता हकप्रद शेयर बिक्री गर्ने छ ।
प्रोग्रेशिसभ फाइनान्स कम्पनीले १ बराबर दुई कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ ।
त्यस्तै अपि पावर कम्पनीले २ अर्ब १० करोड बराबरको २१ करोड कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।
एभरेष्ट इन्सोरेन्सले  ७२ करोड ९० लाख बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको छ ।

Spread the love