क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तरराष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परी १८ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । विमानमा ७६ यात्रु र ४ चालक दलका सदस्य थिए।
अमेरिकाको मिनेसोटाबाट उडान भरेको उक्त जहाज अवतरणका क्रममा पल्टिएको हो । के कारणले दुर्घटना भयो भन्नेबारे अहिलेसम्म केही नखुलेको समेत समाचारमा जनाइएको छ ।


यसैबीच, केही मानिसहरूले दुर्घटनाको समयमा टोरन्टोमा ठूलो हिमपात भएको बताएका छन्। क्यानडाको मौसम विज्ञान विभागका अनुसार हावा ६५ किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको थियो। जसका कारण विमान पल्टिएको हो।

