प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैठौं दिन गण्डकीले कोशी सामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ।
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरुले २ सय ५६ रनको योगफल खडा गरे ।
पूरा ५० ओभर खेलेको कोशीले ९ विकेटको नोक्सानीमा २ सय ५७ को लक्ष्य खडा गर्दा गण्डकीका बलरहरुले नियन्त्रण गुमाउँदाको परिणाम स्वरुपकोशीको स्कोरबोर्डमा ५० अतिरिक्त रन जोडिन पुग्यो ।
३ दशमलव ६ को औसतमा अरुभन्दा किफायति सावित भएका गण्डकीका शुशील भुसालले आप्mनो जिम्माको १० ओभर बलिंग गर्दा ३ मेडन र ४६ डट फाल्दै ३६रन दिएर ४ विकेट लिए ।
यस्तै रिदम पाण्डे र अनिष राउतले समान दुई दुई विकेट लिए ।ब्याटिंगमा ४ चौका र एक छक्का सहित३९ रन तथा बलिंगमा ७ ओभर ४ बल बलिंग गर्दै ४ मेडन ४६डट खेलेर ५ विकेट लिएका कोशीका रविन मण्डल प्लेयर अफ दिम्याच बने ।
अहिलेसम्म खेलेका ४ मध्ये ३ खेलमा जीत सहित ६ अंक जोडेको कोशी अंक तालिकाको पहिलो नम्बरमा उक्ल्उिको छ भने शुरुदेखि नै पुछारमा रहेको गण्डकी तेश्रो खेलसम्म अंक विहीन पुछारमै रहेको छ ।

Spread the love