शहरी विकास मन्त्रालयले सार्वजनिक गर्यो वर्ष दिनको उपलब्धी

काठमाडौं । शहरी विकास मन्त्रालयले गएको एक वर्षमा राष्ट्रिय शहरी नीति, २०८१ नेपाल सरकार (म.प.) बाट स्वीकृत भइ कार्यान्वयनमा ल्याउने, विशिष्ट संरचना तथा सम्मेलन केन्द्र (गठन) विकास समिति (सञ्चालन तथा व्यवस्थापन) गर्ने र आदेश, २०८१ नेपाल सरकार (म.प.) बाट स्वीकृत भइ कार्यान्वयनमा ल्याउने लगायतका मुख्य नीतिगत कामहरु गरेको जानकारी दिएको छ ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रगती विवरण सार्वजनिक गर्ने क्रममा उक्त नीतिगत एंव कानूनी कामहरु भएको मन्त्रालयले जानकारी गराएको हो ।
यसको साथै, नेपाल स्मार्ट शहर सम्बन्धी सूचकहरु २०८१ नेपाल सरकार (म.प.) वाट स्वीकृत भइ कार्यान्वयनमा ल्याएको, डुम्रेभन्सार जग्गा एकीकरण आयोजना र मासटार जग्गा एकीकरण आयोजनाको अवधारण योजना स्वीकृत तथा नेपाल सरकार (म.प.) बाट जग्गा प्रतिको निर्णय भइ कार्यान्वयनमा आएको, वागमती सभ्यता संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा भइ छलफलको क्रममा रहेकोपनि मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, मन्त्रालयले पूर्वाधार क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको त्रि.विक्रिकेट स्टेडियम अन्तर्गत प्यारापेट र फ्लडलाईट निर्माणकार्य अन्तिम चरणमा पुगेको, ९७वटा स्वास्थ्य भवन निर्माण, ५ वटा सभाहल निर्माण, २१ वटा सरकारी कार्यालय भवन निर्माण, ९७ वटा विद्यालय भवन निर्माण, ३२ वटा पार्क निर्माण, १३ वटा बसपार्क निर्माण, ५७वटा सार्वजनिक भवन निर्माण, २७८ कि.मि. ग्रामीण सडक कालोपत्रे सडक ढलान, ६१८ कि.मि. गहरी सडक कालोपत्रे, २९६ किमी. नाला निर्माण, २७८ वटा झोलुंगे पुल निर्माण, २२ बटा स्थानीय सडक पुल निर्माण, ५५ बटा स्थानीय तहको प्रशासकीय भवननिर्माण, २.९ किमी तटवन्ध निर्माण भएको पनि उल्लेख गरेको छ ।
नवलपुर सदरमुकाममा संघीय सरकारी कार्यालय भवन निर्माण एवं सम्बन्धित अन्य पूर्वाधार निर्माण कार्यको खरिद कार्यको सम्झौता भइकार्य शुरु भएको साथै श्रीमहल भवन निर्माणको खरिद प्रकिया प्रारम्भ भएकोपनि मन्त्रालयको भनाई छ ।

Spread the love