ग्लोबल आइएमई बैंकको मिथिला चित्रकलालाई समेटेर वि.सं.२०७९ सालको भित्तेपात्रो सार्वजनिक

ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं.२०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । आइतबार ग्लोबल आइएमई बैंकले काठमाडौंमा एक कार्यक्रमका बीच वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो । भित्तेपात्रो सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगतमा फरकफरक किसिमका चित्रहरु राखेर भित्तेपात्रो निकाल्ने प्रचलनलाई तोड्दै एउटा मात्र मिथिला चित्रकलालाई समेटेर पात्रो सार्वजनिक गरिएको बताउनुभयो । उहाँले मिथिला कलाकारहरुलाई प्रोत्साहन गर्ने तथा मिथिला चित्रकलालाई सबै नेपाली माझ पुर्‍याउने उदेश्यले ग्लोबल आइएमई बैंकले मिथिला चित्र समावेश गरेर भितेपात्रो बनाइएको पनि स्पष्ट पार्नु भयो ।
पछिल्लो समय मुलुकमा तरलता अभाव तथा विदेशी मुद्रा कमि भएको बेला नेपालीहरु धेरै भएको मुलुकबाट विदेशी मुद्रा ल्याउने तयारीमा ग्लोबल आइएमई बैंक लागेको ढकालले बताउनु भयो । अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बनाएका नीति कार्यान्वय गर्ने कुरामा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको दाबी समेत गर्नु भयो ।

Spread the love