नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आजदेखि निष्काशन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म कायम गरिएको छ।

Spread the love