साउन २१,काठमाण्डौ । शेयर बजार परिसुचक नेप्से विहीवार १६ अंकले घटेर ३ हजार १३६ दशमलव ८० पुगेको छ ।
बिहीवार रू. १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार बराबरको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२६ कम्पनीको १ लाख ३५ हजार ४२ पटकको व्यापारमा भएको हो । यस दिन सबै भन्दा बढी शेयर कारोवार अपर तामकोशीले ओगटेको छ ।अपर तामाकोशीको रू. ६५ करोड ३० लाख ६१ हजार बराबरको शेयर कारोबार भएको हो ।
बैंकिङ्ग क्षेत्रको परिसुचक शून्य दशमलव शून्य १ प्रतिशत र विकास बैंक क्षेत्रको परिसुचक २ दशमलव २१ प्रतिशतले बढेको छ । लगानी क्षेत्रको परिसुचक १ दशमलव ४३ प्रतिशत , होटल्स तथा पर्यटन क्षेत्रको परिसुचक १ दशमलव १४ प्रतिशत, व्यापारिक क्षेत्रको परिसुचक १ दशमलव शून्य ९ प्रतिशत र अन्य क्षेत्रको परिसुचक शून्य दशमलव ८१ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंक र जीवन विकास लघुवित्तको शेयरमूल्य यो दिन १० प्रतिशतले बढेको छ भने यूनियन लाइफ इन्स्योरेन्सको ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
