नेप्से परिसुचक ९.०१ अंकले घट्यो, ७ अर्ब ८९ करोड शेयर कारोवार

साउन ५, काठमाडौं । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा आज मंगलबार शून्य दशमलव ३० प्रतिशत अर्थात ९ दशमलव शून्य १ अंकले घटेको छ ।

यो दिन नेप्से परिसूचक २ हजार ९८५ दशमलव ५७ कायम भएको हो । यसदिन २१९ ओटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको ८४ हजार ४६८ पटकमा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँ २६९ दशमलव ०५ बराबरको शेयर खरीदविक्री भएको छ ।

आज कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये दुई ओटा म्युचअल फण्डको इकाईमा सकारात्मक सर्किट लागेको छ । लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डको इकाई मूल्यमा सकारात्मक सर्किट लागेको हो । लक्ष्मी उन्नती कोषले इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो ।

आज बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ३९ प्रतिशत र माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ९ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ ।

शेयरमूल्य घट्नेमा आइसीएफसी फाइनान्सको ऋणपत्र मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव १७ प्रतिशतले घटेको छ । कम्पनीको ऋणपत्र मूल्य प्रतिकित्ता १ हजार १८६ रुपैयाँ कायम भएको छ । योदिन सर्वाधिक कारोबार भने अरुण काबेली पावरको ३८ करोड ७८ लाख २०९ हजार रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको २६ करोड ९८ लाख ४१ हजार रुपैयाँ बराबरको शेयर खरीद वक्री भएको छ । नेप्सेमा मंगलावर भने सामान्य करेक्सन आएको छ । आइतवार ९७ अंकले बजार वृद्धि भएको थियो ।

 

 

Spread the love