नेप्से २३ दशमलव ७६ अंकले बढ्यो,४अर्व भन्दा माथिको कारोवार

असार २४,काठमाण्डौ ।  शेयर बजार परिसुचक नेप्से विहीवार २३ दशमलव ७६ अंकले बढेर १ हजार ८२४ दशमलव ८९ विन्दुमा पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४१ अंकले बढेर सेन्सेटिभ इन्डेक्स ५२९ दशमलव ६६ विन्दुमा पुगेको  छ ।

बैंकिङ समुहको शून्य दशमलव ९३ प्रतिशत,विकास बैंक समुहको २ दशमलव १२ प्रतिशत,होटल्स तथा पर्यटनको शून्य दशमलव ४१ प्रतिशत,जलविद्युतको १ दशमलव ९५ प्रतिशत,निर्जीवन बीमाको शून्य दशमलव शून्य ३ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३९ प्रतिशतले बढेको छ ।

बिहीवार सर्वाधिक रकमको कारोबार नेपाल बैंक एको छ । नेपाल बैंकको रू. २१ करोड ५२ लाख ९१ हजार बराबरको ४ लाख ९१ हजार ४१२ कित्ता शेयर कारोबार भएको हो  ।बिहीवार रू. ४ अर्ब ८१ करोड ५५ लाख २० हजार बराबरको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर कारोबार भएको छ । यो काराबोर २२३ ओटा कम्पनीको ५१ हजार ८६८ पटकको व्यापारमा भएको हो ।

बिहीवार व्यापारिक र अन्य समूहको परिसूचक समान शून्य दशमलव ५५ प्रतिशतले घटेको छ ।

Spread the love