सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

असार २४, काठमाडौं । आज बिहिवार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो ।

गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

तर, यता चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घट्न पुगेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको छ ।

 

 

Spread the love