१९ भदौ, काठमाडौं । सरकारले फेसबुक सहित इन्सटाग्राम , ह्वाट्सएप लगाएतका सामाजिक सन्जाल बन्द गर्ने निर्णय गरेको छ । नेपालमा दर्ता सूचीकरण नभएका फेसबुक सहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
सरकारले २०८० कार्तिकमा निर्देशिका जारी गर्दै नेपालमा चल्ने सामाजिक सञ्जाल सञ्चार मन्त्रालयमा सुचिकृत हुने व्यवस्था गरेको थियो । पटक पटक सुचना जारी गरेर सुचिकरणका लागि आह्वान गरेपनि अस्वीकार गरिरहेका थिए ।
टिकटक र भाइबर भने यसअघि नै सुचिकरण भईसकेका छन् ।