मंगलबार सुनको मूल्यमा एकै दिन १ हजार ३ सय रुपैयाले गिरावट आएको छ । छापावाल सुन १ हजार ३ सय रुपैयाले घटेर प्रतितोला ९९ हजार २ सय रुपैया निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सय रुपैयाँ घट्दा प्रतितोला एक लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि मंगलबार तोलामा १० रुपैयाले गिरावट आएको छ । चा“दि १० रुपैयाले घटेर प्रतितोला १३ सय ७० भएको छ। सोमबार तोलामा २० रुपैयाँले घट्दै कारोबार मूल्य १२ सय ८० रुपैयाँ भएको थियो।