सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनवाईको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कणर्ले जानकारी दिनु भयो ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले सर्वोच्च अदालतमा जनताले ढुंगा हान्ने अवस्था आउन नदिने गरी आफूले काम गर्ने बताउनु भयो । उहाँले न्याय सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन आफू केन्द्रित हुने पनि बताउनु भयो । श्रेष्ठलाई गत फागुन २७ गते बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

Spread the love