वाह्य क्षेत्र र वित्तिय स्थायित्व कायम नगर्दासम्म मुलुकमा दिगो आर्थिक विकास हुन सक्दैनः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाह्य क्षेत्रको स्थिरता र वित्तिय स्थायित्व कायम नगर्दासम्म दिगो आर्थिक विकास हुन नसक्ने बताउनुभएको छ । आईतवार बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मूल्य स्थिरता र वाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तिय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने बताउनुभएको हो । उहाँले पछिल्लो समय विश्वका अधिकांश मुलुकमा वाह्य क्षेत्रको मन्दी देखिएको बताउनु भयो । गभर्नर अधिकारीले विश्वमा देखिएको वाह्य क्षेत्रको मन्दी र निर्माण क्षेत्रको शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने उल्लेख गर्नुभयो । उहाँले विश्वको अर्थतन्त्र आर्थिक मन्दीतर्फ गएको भन्दै नेपालमा पनि केही मिल्दा असरहरु देखिएकाले त्यस्ता असरबाट जोगिनुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले नेपालको यो वर्षको मुख्य चुनौति भनेकै वाह्य क्षेत्रलाई स्थिरतामा राख्नु भएको भन्दै सम्बन्धित निकायहरुले त्यही अनुसार काम गर्न आवश्यक रहेको बताउनु भयो । गभर्नर अधिकारीले सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भएको बताउनु भयो । उहाँले सन् २०२३ मा झनै घटेर २.७ प्रतिशतमा संकुचन आउने प्रक्षेपण रहेको बताउनु भयो ।
गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा आएको मन्दिको बाछिटा नेपालमा समेत आएको बताउनु भयो ।

Spread the love