काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताएकी छन् ।
आइतबार नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ढुंगानाले विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको बताइन् ।
साथै उनले पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरु देखा परिरहेको बताइन् ।उनले लामो समयदेखि युरोप तथा मध्यपूर्वमा जारी भूराजनीतिक तनाव एवम् पछिल्लो समयमा वैदेशिक व्यापार नीतिमा आएको परिवर्तन विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको बताइन् ।
साथै उनले नेपालको बाह्य क्षेत्र सबलबन्दै गएको भएपनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र पुँजीगत खर्च नहुनु जस्ता चुनौती रहेको बताइन् ।
यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सस्तो लोकप्रियता र क्षणिक फाइदालाई हेरेर वित्तीय नीति लिने कार्य बन्द गर्नुपर्ने बताए ।उनले अर्थतन्त्रको सवालमा राज्य नियामक सबै संवेदनशील हुन आवश्यक रहेको बताए ।