विद्युत प्राधिकरणलाई नीजि क्षेत्रसँग पीपीए गर्न रोकेको छैन ः उर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवाल

उर्जा, जलस्रोत तथा सिचांई मन्त्रालयका प्रवक्ता तथा सह-सचिव मधुप्रसाद भेटुवालले मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई नीजि क्षेत्रसँग पीपीए गर्न नरोकेको बताउनु भएको छ । सोमबार काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२ मा बोल्दै प्रवक्ता भेटवालले मन्त्रालयले विद्युत प्राधिकरणलाई नीजि क्षेत्रसँग पीपीए गर्न नरोकेको बताउनु भएको हो । उहाँले नीजि क्षेत्रलाई विद्युत उत्पादन गर्नको लागि पीपीए गर्ने काम उर्जा मन्त्रालयको नभएर विद्युत प्राधिकरणको भएको बताउनु भयो । सह-सचिव भेटवालले प्राधिकरणले मुलुकमा विद्युतको माग र आपूर्तिको आवश्यकता अनुसार नीजि क्षेत्रसँग पीपीए गर्ने बताउनु भयो । उहाँले उत्पादन भएको विद्युत माग र निर्यातको अवस्थालाई हेरेर प्राधिकरणले निणर्य गर्ने बताउनु भयो ।
उत्पादन भएको विद्युत खपत गर्न नसक्ने तर प्राधिकरणले पीपीए गरेर नीजी क्षेत्रलाई पैसा भुत्तानी दिनु पर्छ तर विद्युत खपत गर्ने अवस्था छैन भन्दै प्रवक्ता भेटवालले विद्यूत खपत नहुँदा प्राधिकरणले नीजि क्षेत्रलाई पीपीएको पैसा दिन नसक्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले विद्युत उत्पादन परियोजनाको लागि सुरु गरेका सबै परियोजनामा पीपीए गर्दा विद्युत खपतको समस्या हुने दाबी गर्नु भयो । प्रवक्ता भेटुवालले नेपालमा बढी भएको विद्युत भारतले सबै खरिद नगरेको र बंगलादेशमा बिक्रि गर्नको लागि भारतले अनुमति नदिएको अवस्था रहेको बताउनु भयो । विद्युत खपत नहुँदा पीपीए गरे पश्चात ८० प्रतिशत प्राधिकरणले जोखिम मोल्नु पर्छ कि त नीजि क्षेत्रले पनि त्यसको जोखिम लिन सक्नु पर्ने उहाँले बताउनु भयो ।
त्यस्तै,प्रवक्ता भेटुवालले विद्युत ऐन बन्न नसक्दा नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन नसकिएको बताउनु भयो । उहाँले अहिले विद्युत ऐन संसद्मा पेस भएको तर पास नभएको बताउनु भयो । प्रवक्ता भेटुवालले कोरोनाको कारण विद्युत परियोजना बन्न नसकेको बताउनु भयो । उहाँले विद्युत उत्पादन भएर मात्रै नभएर उपभोक्तासम्म पुर्‍याउनु पर्ने बताउनु भयो । निजी क्षेत्रले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लायन्मा जोडनको लागि विभिन्न प्रसारण लाइनमा अदालतमा मुद्धा परेको कारण राष्ट्रिय प्रसारण लाइनमा जोड नसकिएको बताउनु भयो ।

Spread the love